अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब मलाई प्रधानमन्त्रीको रुचि छैन: अध्यक्ष ओली

अब मलाई प्रधानमन्त्रीको रुचि छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुचि नभएको बताउनु भएको छ ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ। त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्त्वपूर्ण पनि हो। त्यसभित्रबाट नेतृत्व गरिन्छ। तर, यतिबेला देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने प्रधानमन्त्री नभएरै पनि ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौँ भने राम्रो हुँदैन।’