अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई भोट हाल्ने वामपन्थीसँग एकता गरेर पार्टी बलियो हुँदैन: अध्यक्ष ओली

कांग्रेसलाई भोट हाल्ने वामपन्थीसँग एकता गरेर पार्टी बलियो हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट हाल्दै हिँडेका बताउनुभएको छ। 

सोमबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई भोट हाल्दै हिँड्नेसँग वामपन्थी एकता गरेर बलियो पार्टी नबन्ने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन।’

अध्यक्ष ओलीले बलियो बलियो बनाउन संगठन विस्तार र सुदृढ गर्नुपर्ने बताउनुभयो। सो काममा सिङ्गो पार्टी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो।  

अध्यक्ष ओलीले वामपन्थी शक्ति एक ठाउँमा आउन आवश्यक रहेको भए पनि अहिले नै वामपन्थी एकता हुन नसक्ने बताउनुभयो। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने भए पनि कांग्रेसमा भोट हाल्ने कम्युनिष्टलाई जोडेर कम्युनिष्ट पार्टी नबन्ने उहाँले प्रष्ट पार्नुभयो। 

अहिलेको अवस्थामा वामपन्थी शक्ति एक हुँदा मात्रै सरकार नबन्ने र त्यसबाट देश पनि नचल्ने ओलीले बताउनुभयो। त्यसैले अहिले राष्ट्रवादी र प्रगतिशील शक्ति एक ठाउँमा उभिनुपर्ने ओलीको धारणा छ। ‘अहिले सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ, आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ’, उहाँले भन्नुभयो।