अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ झापाद्वारा सहारा पत्रकार उपचार कोषका दातालाई सम्मान

पत्रकार महासंघ झापाद्वारा सहारा पत्रकार उपचार कोषका दातालाई सम्मान


झापा-नेपाल पत्रकार महासंघ झापा शाखाले सहारा पत्रकार उपचार कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ। आज रु. १ करोड रुपैयाँ पुगेको घोषणासँगै दाताहरुलाई सम्मान गरिएको हो।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले दाताहरुलाई सम्मान पत्रसहित सम्मान गर्नुभएको हो। पत्रकार महासंघले स्थापना गरेको उपचारकोषमा रु.१ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरिएको छ। सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन्।

रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ। त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताउनु भयो। कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभान्वित भइसकेको अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मत कुमार कार्की र उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।