काठमाडौं स्रोत नखुलेको डेढ करोड बढी रकमसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका ४ नख्खु दोबाटो चोकबाट १ करोड ६७ लाख ३३ हजार २३० रूपैयाँसहित तीन जना पकराउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सानेपाबाट सातदोबाटो जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीमा खोजतलास गर्दा सो रकम भेटेको हो।
पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, भोजपुरको भोजपुर नगरपालिका-३ घर भई कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का र काठमाडौं बत्तीसपुतलीका २९ वर्षय प्रज्वल रिजाल छन् ।
प्रहरीले स्रोत नखुलेको रकम, मिनी कन्टेनर र विभिन्न कम्पनीको तीन थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको कार्यालयले जनाएको छ।



प्रतिक्रिया