अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताको लुछाचुडीप्रति बाँस्कोटाको टिप्पणी : च्याँखे पसलहरु बन्द गरौं

सत्ताको लुछाचुडीप्रति बाँस्कोटाको टिप्पणी : च्याँखे पसलहरु बन्द गरौं


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले सत्ताको च्याँखे थाप्ने पसल बन्द गरेर एउटै पार्टीले बहुमत ल्याउने प्रणाली स्थापना गर्नुपर्ने तर्क अघि सार्नु भएको छ ।
हाल भइरहेको सत्ताको लुँछाचुँडीलाई सामाजिक सञ्जालमा लेख्दै नेता बाँस्कोटाले देश राजनीतिक कचिंगलमा फस्ने अवस्था सृजना हुनु दुखद् भएको बताउनुभएको छ । उहाँले समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर एउटै दलले बुहमत हासिल गर्ने स्थिती सृजना गर्ने चुनावी प्रणालीको विकास गर्नुपर्ने बाँस्कोटाको सुझाव छ ।
उहाँले चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने,सत्ताको च्याँखे थाप्ने पसल बन्द गर्न गर्नुपर्ने उहाँको तर्क छ ।