अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिंदै

मधेसका मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिंदै


जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिदै हुनुहुन्छ । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् ।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९र९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एकरएक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।