अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिममा काँग्रेस गठबन्धनलाई दिएको समर्थन नेकपा एस फिर्ता

सुदुरपश्चिममा काँग्रेस गठबन्धनलाई दिएको समर्थन नेकपा एस फिर्ता


काठमाडौं -सुदुरपश्चिमको मुख्यमन्त्रीमा हिजो नागरिक उन्मुक्ति पार्टीलाई समर्थन् गरेको नागरिक उन्मुक्ति पार्टीले आजै समर्थन फिर्ता लिएको छ ।

आज एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।
यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादीले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।
तर आज विहान प्रधानमन्त्री र एसका नेता झलनाथ खनालबीच छलफल भएपछि एस यस अघिको समर्थनबाट व्याक भएको हो ।