अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीलाई भेट्न गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो। प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्री अधिकारीले बताउनु भयो।

प्रधानमन्त्रीसँगको भेटको तस्बिर सार्वजनिक गर्दै अधिकारीले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो । उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’