अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुहाङलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबैतिर फैलनु हो: हर्क नेम्बाङ

सुहाङलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबैतिर फैलनु हो: हर्क नेम्बाङ


इलाम-नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम-२ बाट सुहाङ नेम्वाङलाई जिताएर पठाउनु पर्ने बताउनु भएको छ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्बाङले बामपन्थीहरुको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एउटा झिल्को हो, यो झिल्कोलाई सबै तिर पुर्‍याउनु पर्छ। सुहाङ्ग नेम्वाङ्गलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबैतिर फैलनु हो।’

उहाँले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङ्ग नेम्बाङ्गलाई जिताउनु पर्ने बताउनुभयोस। उहाँ भन्नुभयो, ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ। समृद्धिका लागि बामपन्थीहरुको एकता आवश्यक छ।’

बामपन्थीहरुको एकता विना देशमा विकास हुन नसक्ने देखिएको उहाँले दाबी गर्नुभयो। उहाँले सुहाङ्ग नेम्बाङ्ग बामपन्थीहरुको साझा उम्मेदवार भएकाले सबैले उनलाई मत हाल्न आव्हान गर्नुभयो।