इलाम-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताउनु भएको छ ।
इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताउनुभयो।
उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । उहाँले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले र माओवादी गठबन्धनका साझा सुहाङ नेम्वाङलाईलाई जिताउनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया