अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोट सूर्यलाई दिनुस्, सुहाङ र विकासको जिम्मा एमालेले लिन्छ: अध्यक्ष ओली

भोट सूर्यलाई दिनुस्, सुहाङ र विकासको जिम्मा एमालेले लिन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र-२ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताउनुभएको छ।

इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेका बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, एक पैसा तलमाथि भ्रष्टाचार नगर्ने, त्यस्तो नेता हामीले खडा गरेका छौँ।’

सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका ओलीले बताउनुभयो। इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै ओलीले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने ओलीले दाबी गर्नुभयो।
ओलीले इलामको विकासको जिम्मा एमालेले लिने बताउनुभयो। ‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु, यहाँको विकासको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, उहाँले भन्नुभयो।

पैसा कमाउने हो भने ओरालो र उकालो दौडनु नपर्ने ओलीले बताउनुभयो। सोफामा बसेर उपरखुट्टी लगाएरै पैसा कमाउन सकिने उहाँले प्रष्ट पार्नुभयो। सुहाङ नेम्वाङ समृद्धिको सपना पुरा गर्न उकालो र ओरालो दौडिएको उहाँले बताउनुभयो। इलामा बनाउने अभियानलाई पूर्णता दिन सुहाङ हिँडेको उहाँले प्रष्ट पार्नुभयो। उहाँले इलामबाट सुहाङले चुनाव हार्दा सुहाङलाई होइन इलामलाई घाटा पर्ने बताउनुभयो।

ओलीले सांसद हुने कुरा भन्दा पनि देश बनाउने कुरा प्रमुख भएको बताउनुभयो। ओलीले इलाम आउँदा आफू सधैँ सुवाससँगै आउने गरेको भए पनि अहिले सुवासको अनुपस्थितिमा उहाँको उद्देश्य पुरा गर्ने सङ्कल्पका साथ इलाम आएको बताउनुभयो।
ओलीले एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने बताउनुभयो। ‘आफ्नो धर्म के हो पालना गर्नु, अरूलाई किन हेला गर्नु ?’ उहाँले भन्नुभयो।

एमाले सामाजिक सद्भाव कायम र सामाजिक समानताको अभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो। सबै धर्म भाषा भाषी, संस्कृतिको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुनेमा उहाँले जोड दिनुभयो।