अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न: कम्युनिष्टहरूबीच एकता गरिहाल्ने भए फुटेका चाहिं किन थियौं ?

अध्यक्ष ओलीको प्रश्न: कम्युनिष्टहरूबीच एकता गरिहाल्ने भए फुटेका चाहिं किन थियौं ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै एकीकरण गरेर सबै देशभरीका कम्युनिष्टहरु मिल्ने सम्भावना नरहेका बताउनु भएको छ।

आज नेकपा स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालका कम्युनिस्टहरू तत्काल एकता नहुने बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुने बताउनु भएको हो।

‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, ओलीले भन्नुभयो, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन्।’

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अहिलेनै पार्टी एकीकरण गरिहालौँ र भइहाल्छ भन्ने कुरा व्यक्तिगत तुष्ट र आकांक्षामात्र हुने बताउनुभयो। त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौ। त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौँ।

त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौं। तर, अहिले नै एकीकरण गरौं सबै देशभरीका मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ । अहिले सहकार्यको लागि सहमतिबाट जाऔं।’

उहाँले अहिले वामपन्थीहरू ठ्याक्कै मिलेर मात्रै अगाडि बढ्ने अवस्था पनि नभएको बताउनुभयो।