अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले क्षेत्रिय सम्मेलन र भित्तेपात्रोको लोकार्पण गर्ने

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले क्षेत्रिय सम्मेलन र भित्तेपात्रोको लोकार्पण गर्ने


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले २०८१ सालको अवसरमा शुभकामना आदान-प्रदान, भित्तेपात्रो लोकार्पण साथै क्षेत्रिय सम्मेलन गर्ने भएको छ।

कार्यक्रम २०८१ वैशाख १५ गते शनिवार दिउँसो १ बजे नेपाल कर्मस क्याम्पस, मिनभवन, काठमाडौंमा गर्न लागेको हो।

शुभकामना आदान-प्रदान, भित्तेपात्रो लोकार्पण साथै क्षेत्रिय सम्मेलन  २०८१ वैशाख १५ गते शनिवार दिउँसो १ बजे नेपाल कर्मस क्याम्पस, मिनभवन, काठमाडौंमा गर्न लागेको एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो।

नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान तथा क्षेत्रिय सम्मेलन एवं भित्तेपात्रो लोर्कापण कार्यक्रममा सहभागी भइदिनका लागि मञ्चका अध्यक्ष थापाले अनुरोध गर्नुभएको छ।  

मञ्चका अध्यक्ष थापाले अनुरोध गर्दै भन्नुभएको छ, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो लोर्कापण गर्न लागेको कुरा यहाँहरु सम्पूर्ण महानुभावहरुलाई जानकारी गराउन चाहान्छु। यसको साथसाथै सम्पर्क मञ्च अन्तर्गत उदयपुर जिल्लाको क्षेत्र १ र २ को क्षेत्रिय सम्मेलन पनि सम्पन्न गर्न गइरहेका छौं। सो कार्यक्रम निम्न मिति, समय र स्थानमा सम्पन्न गर्न गइरहेको हुँदा उदयपुर जिल्लाबाट काठमाडौंमा आइ स्थायी-अस्थायी रूपमा बसोबास गरिरहनुभएका नेता, सामाजसेवी, बुद्धिजीवि, व्यावसायी, कलाकार, शिक्षक, वकिल, पत्रकार, विद्यार्थी, कर्मचारी, मजदुर तथा एमाले शुभेच्छुक, शुभचिन्तक सम्पूर्ण दिदीबहिनी, बुवाआमा, दाजुभाइ एवं महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्राणा गर्दछु।’

कार्यक्रमको प्रमुख अतिथिको अहिलेसम्म टुंगो लागिनसकेको मञ्चका अध्यक्ष थापाले बताउनुभयो।उहाँले भन्नुभयो, ‘क्षेत्रिय सम्मेलन र भित्तेपात्रो विमोचन कार्यक्रमको प्रमुख अतिथि बारेमा कुरा भइरहेको छ। आजभोलि नै टुंगो लाग्छ।’