अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बर्दियाको १०औँ जिल्ला अधिवेशन आज हुँदै

एमाले बर्दियाको १०औँ जिल्ला अधिवेशन आज हुँदै


रुपन्देही-नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले दिउसो १ बजे अधिवेशनको उद्घाटन गर्ने हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली विविध कारणले आउन नसक्ने भएपछि महासचिव पोखरेल मात्रै आउन लाग्नु भएको हो।

गुलेरियामा दिउसो १ बजे उद्घाटन हुने कार्यक्रममा सहभागी हुन सबै पालिकाका प्रतिनिधि सदरमुकाम आइसकेका छन्। जिल्लामा यो अधिवेशनका लागि ३६४ जना प्रतिनिधि छनौट भएका छन् ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशनले पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। नयाँ नेतृत्वका लागि यहाँबाट अहिलेका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिग्राम अधिकारी प्रतिस्पर्धामा छन् । दुवै जनाबीच सहमति हुन नसके दुवैतर्फबाट पदाधिकारीमा अलग अलग समूह तयारी गरिएको छ।

 सचिवमा पदम ढकाल र नैनसिंह खत्री प्रतिस्पर्धा गर्नुहुने भएको छ। ढकाल अहिलेका सचिव हुन् भने खत्री नगर अध्यक्ष भएर आउनु भएको हुन् ।

बर्दियामा उपसचिव महिला र थारु समुदायबाट पठाउने भएकाले दुवै पक्षबाट उम्मेदवार छनौट गर्ने तयारीमा छन् । आजै उद्घाटन सत्र सकेर बन्द सत्र गर्ने र बुधवार नेतृत्व छनौट गर्ने कार्यक्रम रहेको छ।