अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथपछि सुहाङले भन्नुभयो: इलामेली जनताको हितमा काम गर्न पाउने कुराले निकै खुशी छु

शपथपछि सुहाङले भन्नुभयो: इलामेली जनताको हितमा काम गर्न पाउने कुराले निकै खुशी छु


काठमाडौं-नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले आफूले पदको शपथ खाएको दिनलाई ऐतिहासिक क्षण भएको बताउनु भएको छ।

प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सबै एकताबद्ध भएर अगाडि बढ्न सके मात्रै समृद्ध नेपाल बन्ने बताउनुभयो।

आफूले ठूलो अवसर पाएको उल्लेख गर्दै आफूलाई भावुक पनि बनाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सबभन्दा सुरुमा यो एकदमै ऐतिहासिक क्षण हो। यहाँ उपस्थित भएर तपाईंहरू समक्ष आफ्ना कुरा राखिरहन पाउँदा भावुक पनि भएको छु। मलाई हर्षित बनाएको छ। ठूलो अवसर प्राप्त भएको छ।’

इलामेली जनताको हितमा काम गर्न पाउने कुराले निकै खुसी लागेको उहाँले बताउनु भय‍ाे ।

उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पदको शपथ लिनु भएको छ।सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उहाँलाई शपथ खुवाउनु भएको हो । शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभयो।

सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। उहाँ नेकपा एमालेकै तर्फबाट निर्वाचित हुनुभएको हो।

चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउनु भएको थियो।