अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन: मिसन-८४  मा तीनै तहमा बहुमत आउने गरी लाग्नुस्

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन: मिसन-८४  मा तीनै तहमा बहुमत आउने गरी लाग्नुस्


कपिलवस्तु-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

नेकपा एमाले कपिलवस्तुको १०औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिनुभयो।

अध्यक्ष ओलीले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको काँधमा विकास र समृद्धिको जिम्मेवारी छ। यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न मेरो आग्रह छ। राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई बलियो बनाउनुपर्दछ। तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ।’

अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको बताउनु भयो। दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन्।