अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीद्वारा शपथ

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीद्वारा शपथ


बझाङ-बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बिहीबार सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित सांसद भण्डारीलाई शपथ खुवाउनु भएको हो।

वैशाख १५ मा सम्पन्न बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनावमा नेकपा एमालेको तर्फबाट भण्डारी विजयी हुनुभएको थियाे। भण्डारीले ११ हजार ६१२ मतसहित विजयी हुनुभएको थियो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको थियो।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।