अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी: शङ्कर पोखरेल

पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी: शङ्कर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वाधार निर्माणमा स्पष्ट राष्ट्रिय दृष्टिकोण जरुरी रहेको बताउनु भएको छ।

एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा ललितपुरमा आयोजित  ‘नेपालको भौतिक पूर्वाधार तथा यातायात क्षेत्र: वर्तमान अवस्था र भावी मार्गचित्र’ विषयक कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो। 

योजनाबद्ध विकासका लागि योजना आयोगको भूमिका महत्त्वपूर्ण रहे पनि सो अनुसार भूमिका निर्वाह हुन नसकेको उहाँले चर्चा गर्नुभयो। आवधिक योजना बनाउने सन्दर्भमा नेपालको राजनीतिक तथा प्रशासनिक संरचना अस्थिर प्रकृतिको रहेको उहाँको भनाइ छ। 

राष्ट्रिय योजना आयोगमा बस्ने स्थायी संरचना सबभन्दा अस्थिर छ। सर्वप्रथम राष्ट्रिय योजना आयोगको संरचनामै परिवर्तन आवश्यक छ महासचिव पोखरेलले भन्नुभयो, ‘योजना आयोगको कर्मचारी स्थायी प्रकृतिको नभएसम्म आयोग प्रभावकारी हुनै सक्दैन। अहिलेको ढाँचाले ‘अर्गनाइजेशनल मेमोरी’ राख्नै सक्दैन।’