अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख र प्रधानमन्त्रीको भेट,संसद सुचारु रुपले सञ्चालन गर्ने वातावरण बनाउन सभामुखको आग्रह

सभामुख र प्रधानमन्त्रीको भेट,संसद सुचारु रुपले सञ्चालन गर्ने वातावरण बनाउन सभामुखको आग्रह


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल कांग्रेससँग सहमति गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गर्दै सहमतिका लागि अपिल गरेका हुन् ।
४५ मिनेटको छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको थियो । सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको बताएका थिए ।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिंदै भोलि बिहीबार बस्ने संसद बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए ।