अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति कार्यक्रमका बारेमा एमाले साँसदहरुलाई आज प्रशिक्षण

सरकारको नीति कार्यक्रमका बारेमा एमाले साँसदहरुलाई आज प्रशिक्षण


काठमाडौं- सरकारले हिजो संसदमा नीति तथा कार्यक्रमका बारेमा थप स्पष्ट पार्न नेकपा एमालेका साँसदहरुलाई प्रशिक्षण कार्यक्रम राखिएको छ ।
संसदीय दलकी सचेतक सुनिता बरालका अनुसार अहिले साढे १२ बजे वानेश्वर स्थित संसद भवनमा विज्ञ सहितको टोलीले साँसदहरुलाई प्रशिक्षण दिन लागेको हो । प्रशक्षिणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नीति कार्यक्रमको आधार,यसले उठाएका विषय र कार्यन्वयनका सवालमा पार्टीका धारणाहरु राख्नुहुनेछ । यसैगरी पार्टी महासचिव शंकर पोखरेलले नीति र कार्यक्रममा समेटिएका विषयहरुलाई संसदमा कसरी प्रष्तुत गर्ने,विरोधीहरुले नीति र कार्यक्रमका बारेमा उठाएका प्रश्नको कसरी उत्रर दिने र पार्टीको एउटै धारणा बनाउने विषयमा स्पष्ट पार्नुहुनेछ ।
विज्ञहरुले नीति कार्यक्रमले उठाएका विषयगत सवालहरुको थप व्याख्या गर्ने कार्यक्रम रहेको सचेतक बरालले जानकारी दिनुभयो ।