अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका धेरै नेताका जन्मकुण्डली थाहा छ: अध्यक्ष ओली

कांग्रेसका धेरै नेताका जन्मकुण्डली थाहा छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुलाई एमालेको बारेमा बोल्दा र टिप्पणी गर्दा सत्य र तथ्य सहित बाेल्न चेतावनी दिनुभएको छ।

 बुधबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस आफ्नो सत्ता स्वार्थ पूरा गर्न एमालेलाई विभिन्न आरोपहरू लगाउन थालेको भन्दै बोल्दा ख्याल गर्न भन्नुभएको हो।

गिरीबन्धु टी–स्टेटको बारेमा एमाले कांग्रेसको बदमासी टुलुटुलु हेरेर नबस्ने अध्यक्ष ओलीले चेतावनी दिनुभयो। उहाँले कांग्रेसले पाखुरा र मसल देखाउँदैमा एमाले नलत्रने भन्दै यस्तै रहे कांग्रेसलाई बोल्न नदिने अवस्था आउने समेत बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसलाई बाेल्न दिइँदैन अब भोलि पहिला रवि लामिछानेले बोल्न पाउनुपर्छ होइन भने हामी बोल्छौं।’

उहाँले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्न नहुने भन्दै भोलिबाट आफूहरू संसद् सुचारु गर्ने बताउनु भयो।

‘नेपाली कांग्रेसले गरेका बदमासीका बारेमा अब हामी कुरा उठाउँछौँ। अब कांग्रेसको बकवास सुन्न तयार छैनौ’ , ओलीले भन्नभयो, ‘यतै टोकेको छ उतै भुकेको छ के तरिका हो यो ? हामी सुनिरहनुपर्ने, कांग्रेस कराइरहने पनि हुन्छ संसद् ?’

अध्यक्ष ओलीले कांग्रेसका धेरै नेता र मान्छेका जन्मकुण्डली आफूलाई थाहा भएको पनि बताउनु भयो। उहाँले संसदमा कांग्रेसका भ्रष्टाचारी ठहर भएका सांसदले नारा लगाइरहेको भन्दै कांग्रेसलाई सरम लाग्नुपर्ने बताउनु भयो । ‘नेपाली कांग्रेसलाई सरम लाग्नुपर्ने हो। अनेक आरोपमा फायल दवाएर हैरान भएको छ कांग्रेस’, अध्यक्ष ओलीले भन्नुभयो, ‘गरिमामय संसद्को बहुमूल्य समय खेर फाल्नु हुँदैन । कांग्रेसका धेरै नेता र मान्छेका जन्मकुण्डली थाहा छ।’ 

उहाँले कहिँकतै अभियोजन भए चल्ने ठाउँबाट मुद्दा चल्ला भन्दै कांग्रेसले नै फैसला ठोक्ने र ? भनेर प्रश्न गर्नुभयो।  उहाँले कांग्रेस आग्रहपूर्ण र कुण्ठाग्रस्त बनेको टिप्पणी पनि  गर्नुभयो।

Skip This