अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि सहभागी

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि सहभागी


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली छलफल भइरहँदा लामिछाने पनि पुग्नुभएको हो।

 प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको छ। उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन्।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ। त्यस्तै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ।