अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओलीसँग भेटेपछि रविले भन्नुभयो: प्रश्न उठेपछि बोल्न पाउनुपर्छ

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओलीसँग भेटेपछि रविले भन्नुभयो: प्रश्न उठेपछि बोल्न पाउनुपर्छ


काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताउनु भएको छ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताउनु भयो।

‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे। सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, गृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग भन्नुभयो, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो। त्यो अधिकार पनि हो।’

उहाँले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताउनुभयो । ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ। नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ’, लामिछानेको भनाइ छ।