अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन आजबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन आजबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


भक्तपुर- नेकपा एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ ।
प्रदेश कमिटी सदस्य मदन सुन्दर श्रेष्ठले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउसो १२ बजे अधिवेशनको उद्ध्घाटन गर्नु हुनेछ । अधिवेशनमा करिब ५ सय जना प्रतिनिधीहरु चुनिएका छन् । उनीहरुले सके सर्वसम्मत नत्र चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् । जिल्ला नेतृत्वका लागि वर्तमान अध्यक्ष बचन देउजा र सचिव मोहनवीर श्रेष्ठ दौडमा रहेका छन् ।