अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको अवरोध हटाउने सभामुखको प्रयास जारी : प्रधानमन्त्रीसँग टेलिफोन

संसदको अवरोध हटाउने सभामुखको प्रयास जारी : प्रधानमन्त्रीसँग टेलिफोन


काठमाडौं- संसदको अवरोध अन्त्य गर्ने सभामुख देवराज घिमिरेले प्रयास जारी राख्नु भएको छ । यसै क्रममा घिमिरेले केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भन्नुभएको छ । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो ।
बैठक अहिले ११ बजे बोलाइएको थियो ।
सभामुख घिमिरेले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ ।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी हुनुहुन्थ्यो ।