अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिममा नाउपको रमिता : पाँचजना साँसद प्रतिपक्षी,दुईजना सत्ता पक्षतिर

सुदुरपश्चिममा नाउपको रमिता : पाँचजना साँसद प्रतिपक्षी,दुईजना सत्ता पक्षतिर


काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिपार्टीका सासंद सत्तापक्ष र प्रतिपक्ष दुवैतिर देखिएका छन्।

विहीबारको प्रदेश सभा बैठकमा सरकारमा मन्त्री रहेका दुई जना सासंद सत्ता पक्ष लहरमा बसे भने अन्य पाँच जना सासंद प्रतिपक्षको लहरमा बसेका थिए।

बिहिवार बिहान १०ः३० बजे मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बसेको थियो।

सरकार बनाउन निर्णायक दलका रूपमा रहेको नागरिक उन्मुक्तिपार्टीभित्र देखिएको विवादका कारण विभाजित भएको हो।

पार्टी संरक्षक रेशम पक्षका भनिएका पाँच जना सासंद दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कदम असंवैधानिक रहेको भन्दै विरोध जनाइरहेका छन्।

कांग्रेसको साथ पाएर मुख्यमन्त्रीको दावेदार रहेका नागरिक उन्मुक्तीका लक्ष्मणकिशोर चौधरीले त अदालतमा समेत रिट दर्ता गरेका छन्।
उन्मुक्तीका घनश्याम चौधरी र कैलाश चौधरी दुवैजना आफू संसदीय दलको नेता भएको दाबी गरिरहेका छन्।

नागरिक उन्मुक्तिपार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई हटाउदै कैलाश चौधरीलाई संसदीय दलको नेताका रूपमा पार्टीले अधिकार दिनुभएको हो ।

अझैपनि नागरिक उन्मुक्तिभित्र विवाद यथावत् देखिएको छ। विवादकै कारण उन्मुक्तिले मुख्यमन्त्रीको पद पनि गुमाएको थियो।