अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ, नदिएर हुन्छ ?: अध्यक्ष ओली

कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ, नदिएर हुन्छ ?: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवरुद्ध संसद् खुलाउन राजनीतिक दलहरूबीच छलफल भइरहेको बताउनु भएको छ।

बिहीबार (जेठ ३) बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘संसद खुलाउनका लागि छलफल भइरहेको छ। कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ, नदिएर हुन्छ ? एउटा पार्लियामेन्ट मेम्बरलाई बोल्न नदिएर कहाँ हुन्छ र ?’