काठमाडौँ- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक चलिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू पुग्नुभएको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुग्नु भएको हो।
नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले सिंहदरबार गएको लोसपा उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिनुभयो। मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा नेताहरूसँग छलफल गर्ने तयारी गरेको जनाएको छ।
लोसपा नेताहरूसँग के विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् भन्ने खुलेको छैन। यद्यपि बदलिएको राजनीतिक समीकरणमा मधेस प्रदेश सरकारमा मिलेर जानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्ने बुझिएको छ।
प्रतिक्रिया