अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय


काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको अवरोध जारी राख्ने भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष तयार नभएको निष्कर्षसहित कांग्रेसले अवरोध जारी राख्ने भएको हो।

कांग्रेसले सदन अवरोध जारी राख्नेभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको छ। उहाँहरुबीच अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल भइरहेकाे एक स्रोतले जनाएको हो।

संसदीय छानबिन समिति बनाउन सहमतिको अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस प्रतिवेदनमा उल्लेख गरिने मोडालिटी (टीओआर) बारे असन्तुष्ट जनाएको छ।

कांग्रेस सांसद जीवन परियार र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लगातार छानबिन समितिको प्रतिवेदनमा उल्लेख हुने मापदण्डबारे छलफल गरिरहनुभएको छ।