अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनकपुरमा युवा संघले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलायो

जनकपुरमा युवा संघले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलायो

सदन होइन्, सडकमै हिसाब किताब हुन्छ


जनकपुरधाम-राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ।

संसदमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेको भन्दै सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

संघका केन्द्रीय नेता संजिव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरुले कांग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए।

एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले कांग्रेस संसदमा गुरुङले उदण्डता मच्चाएको बताउनु भयो। उहाँले सामाजिक संजालमा चेतावनी दिनुभएको छ– प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ। सदन होइन्, सडकमै हिसाब किताब हुन्छ।’