अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कोशी सरकारमा लिलावल्लभ,एकराज र पिकेलाई पठाउने

एमालेले कोशी सरकारमा लिलावल्लभ,एकराज र पिकेलाई पठाउने


विराटनगर- नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले प्रदेशका एक पदाधिकारीका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ ।

‘अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भएको छैन’, एमाले संसदीय दल स्रोतले भन्यो, ‘सम्भवत आज उहाँहरु ३ जना जानुहुन्छ, माथिबाट ।’ एमालेले अन्य दुई जनालाई राज्यमन्त्री पनि नियुक्त गर्नेछ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेबाट राम राना बिनाविभागीय मन्त्री छन् ।
९ मन्त्रालय रहेको कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् । २ दलबाट एक–एक जना बिनाविभागीय मन्त्री छन् । एमालेले अब ३ र माओवादी केन्द्रले २ मन्त्री पठाउन बाँकी छ।

नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाउँदा नेकपा माओवादी केन्द्रमा भने झमेला टुंगिएको छैन । १३ सांसद रहेको माओवादी केन्द्रमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापागाईं, राजेन्द्र कार्की, नारायण बुर्जामगर, गोम्बु शेर्पा, बाबुराम गौतम,राजन किराती र सपना दर्जी मध्येबाट २ जनालाई पठाउनेछ ।