अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद अवरोध गर्ने रणनीति बनाउन विपक्षी दलहरुको संयुक्त बैठक

संसद अवरोध गर्ने रणनीति बनाउन विपक्षी दलहरुको संयुक्त बैठक


काठमाडौं -आजको संसदमा कसरी अवरोध गर्ने भनेर काँग्रेसले विपक्षी गठबन्धनको बैठक जारी राखेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको संयुक्त बसिरहेकोे हो ।
कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल थाल्नु भएको छ । बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । सरकारविरुद्ध संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो सांसदबीच धकेलाकेलको अवस्थापछि सहमतिको सम्भावना अझै क्षीण बन्दै गएको छ ।