अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानविन समिति नबनेसम्म संसद चल्न नदिने विपक्षी दलका सचेतकहरुको चेतावनी

सहकारी छानविन समिति नबनेसम्म संसद चल्न नदिने विपक्षी दलका सचेतकहरुको चेतावनी


काठमाडौं – संघीय संसदका दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ ।

बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् । सभामुखसँगको बैठकमा विपक्षी दलका नेताहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकको प्रतिक्रिया छ ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’