अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले कोशी तराइमा आज नगर अधिवेशन देखि अस्पताल हुँदै जिल्ला भेलासम्म उद्घाटन गर्नुहुने

अध्यक्ष ओलीले कोशी तराइमा आज नगर अधिवेशन देखि अस्पताल हुँदै जिल्ला भेलासम्म उद्घाटन गर्नुहुने


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कोशी प्रदेशका तीनवटा तराइका जिल्लाका विविध कार्यक्रममा सहभागी हुनुहुने भएको छ । तीनदिन देखि गृहनगर दमकमा रहनु भएका अध्यक्ष ओलीले आज ११ बजे एमाले दमक नगर कमिटीको अधिवेशन उद्ध्घाटन गर्दैहुनुहुन्छ ।
दमकको दाहाल प्रतिष्ठानमा अधिवेशन उद्घाटन गरेर अध्यक्ष ओली मोरङको सुन्दर हरैंचामा एक सडकको शिलान्यास गर्नुहुने छ । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार त्यसपछि अध्यक्ष ओलीले सुनसरीको इनरुवामा सप्तकोशी न्यूरो अस्पतालको उदटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओलीले नेकपा एमाले मोरङले पार्टी कार्यलय विराटनगर पाञ्चालीमा निर्माण गरेको पुष्पलाल,मनोहन र मदन भण्डारीको शालिक अनावरण गर्नुहुनेछ । सोही ठाउँमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली तीन दिन देखि गृह नगरमा दमकमा हुनुहुन्छ ।