अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने


कास्की-गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता पन्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने घोषणा गर्नुभएको छ।

दलका नेता गुरुङले मुख्यमन्त्री पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गर्नुभएको हो।

सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उहाँले राप्रपाले समर्थन गर्ने जनाउनु भएको हो।

राप्रपाको समर्थनपछि अब मुख्यमन्त्रीको पक्षमा २९ जना सांसद देखिएका छन्।

प्रमुख प्रतिपक्षी एमालेसँग २२ र सभामुखसहित माओवादीसँग ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र सांसद दीपक मनाङेसहितको ६० सदस्यीय संसदमा बहुमत जुटाउन उहाँलाई सजिलो भने छैन।