अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत


गण्डकी-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राख्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो।

मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका २२ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका छ प्रदेशसभा सदस्यको मत परेको थियो।

विश्वासको पक्षमा मतदान गर्नुभएका देबकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुनुहुन्छ। उहाँ गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित हुनुभएको थियो।

देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गर्नुभएको थियो ।