अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

फ्लोर क्रस गरेका देवकोटामाथि कारबाही हुन्छ: हरिबहादुर चुमान

फ्लोर क्रस गरेका देवकोटामाथि कारबाही हुन्छ: हरिबहादुर चुमान


काठमाडौँ-नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही गर्ने बताउनु भएको छ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मत दिनु भएको थियो । दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानले जानकारी दिनु भयो।

नेता चुमानले भन्नुभयो, ‘उहाँले दलको ह्विप उलङ्घन गर्नुभएको छ। संविधान र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं। कारबाहीको जानकारी पार्टी केन्द्रलाई पनि दिनुपर्छ। कारबाहीको सबै प्रक्रिया पुरा भएपछि संसद् सचिवालयमा पेस गरिन्छ। कारबाही भएको कुरा सभामुखले संसदमा जानकारी दिएपछि पदमुक्त हुनुहुनेछ ।’