अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेलाई सिध्याउने विराेधीहरुकाे याेजना असफल पार्‍याैं: अध्यक्ष ओली

एमालेलाई सिध्याउने विराेधीहरुकाे याेजना असफल पार्‍याैं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने विराेधीहरुकाे याेजना असफल पारिएकाे बताउनुभएकाे छ।

एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको नेतृत्वलाई विस्थापित गर्न अनेक प्रयास भए, ती सबै प्रयास असफल भए। त्यो प्रयास असफल भएपछि विभाजन गर्नेतर्फ लागे र विभाजन गराइदिए । यो विभाजन हुँदै जाँदा कुनै मतभेदले भएको होइन, तर एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएका हुन् ।’

अध्यक्ष ओलीले एमालेलाई सिध्याउने क्रियाकलाप असफल पारेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तिनीहरुले पार्टी फोडेर अलग भए, सिध्याउन खोज्ने प्रयास असफल भए। एमाले ध्वस्त भएन, मजबुत शक्तिको रुपमा आएको छ।’