अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशको नीति कार्यक्रम: महिलाके विकास घरके विकास, घरके विकास देशके विकास (पूर्णपाठ)

मधेस प्रदेशको नीति कार्यक्रम: महिलाके विकास घरके विकास, घरके विकास देशके विकास (पूर्णपाठ)



जनकपुर-मधेस सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज साँझ सरकारको नीति कार्यक्रम प्रदेशसभा समक्ष प्रष्तुत गर्नुभएको हो।
सुवेदीले प्रष्तुत गरेको नीति कार्यक्रममा चुरे संरक्षण,मधेसलाई मरुभूमिकरण हुनबाट बचाउने उपाय,महिला शसक्तिकरण तथा जनसंख्यिक लाभासंका विषययहरुलाई समेटिएको छ । महिला शसक्तिकरण ‘अन्तरगत महिलाके विकास घरके विकास,घरके विकास देशके विकास’ कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ।

नीति कार्यक्रममा मधेसमा झाँगिदो रुपमा रहेको महिला हिंसा,लिंग विभेद,बालविवाह,दाइजोतथा बोक्सी,जस्ता मनानवीय कुरीती तथा परम्परालाई न्यूनिकरणका लागि ऐन बनाउन ऐन कानुनको प्रभावकारी कार्यन्वयन गरिने उल्लेख छ । यसैग्री विद्यमान कानुनको अभावमा भए नयाँ कानुन बनाएर भए पनि मधेसलाई महिला हिंसा मुक्त बनाइने उल्लेख छ ।
मधेसमा चुरे विनास रोक्न र मधेसको मरुभूमिकरणलाई न्यून गर्दै हरियाली बनाउन विविध कार्यक्रमको घोषणा गरिको छ । जस्तै चुरे जोगाउ,मधेस बचाँउ अभिायन सञ्चालन गरिने भएको छ । यसैगरी प्रदेश सरकारले भू तथा जलाधार संरक्षण ऐन बनाउने तयारी गरेको छ ।