अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन: अध्यक्ष ओली

पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन: अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताउनु भएको छ।

बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । पार्टीभित्र संघर्षका लागि ठाउँ नभएकाे भन्दै अध्यक्ष ओलीले पार्टीभित्र एकता र छलफलका लागि ठाउँ रहेकाे बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयो, ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन।आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ।’

अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताबद्ध रहेकाे बताउनु भयो । प्रतिष्पर्धा हाेस् या सहमति हरेक परिस्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ, हाम्राे एकताकै कारणले पार्टी सिध्याउँछाैं, कमजाेर पार्छाैं, समाप्तै पार्छाैं र टर्च बालेर खाेज्दा पनि एमाले भेटिने छैन भन्नेहरु असफल किन हुन्छ भन्दा हाम्राे एकता, सुझबुझ, समझदारी र बुझाइले, त्यसर्थ एमालेभित्र सुद‍ृढ, सचेत एकता हुन्छ।’