अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादी रामेछाप नगर कमिटी उपाध्यक्ष नरेशबाबु श्रेष्ठ एमालेमा प्रवेश

माओवादी रामेछाप नगर कमिटी उपाध्यक्ष नरेशबाबु श्रेष्ठ एमालेमा प्रवेश


रामेछाप-नेकपा माओवादी केन्द्रका रामेछाप नगर कमिटी उपाध्यक्ष तथा मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। शुक्रवार रामेछाप नगर अधिवेशनको अवसरमा श्रेष्ठ एमाले प्रवेश गर्नुभएको हो।

नगर अधिवेशन उद्घाटन समारोहमा उहाँलाई एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, पोलिटब्युरो सदस्य कमल चौलागाई, संगठन विभाग सचिव माधव ढुंगेललगायतका नेताहरूले स्वागत गर्नुभयो।

विगत २५ वर्षदेखि माओवादी युद्ध र आन्दोलनमा लागेका श्रेष्ठ रामेछापका पहिलो पुस्ताका कम्युनिस्ट नेता स्वर्गीय नारायणबाबु श्रेष्ठका छोरा हुन् ।