अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई विकासतर्फ अघि बढाउन सरकारमा गएका हौं- केपी शर्मा ओली

देशलाई विकासतर्फ अघि बढाउन सरकारमा गएका हौं- केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा ध्यान दिनैपर्ने बताउनुभएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेटको सन्दर्भमा १\२ जनाको मुख हेरेर सरकारमा छँदै छौ नि भनेर नहुने बताउनुभयो ।

देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि आफूहरु सरकारमा गएको भन्दै उहाँले त्यही चिज हुँदैन भने कसरी सन्तोष मान्ने भन्ने प्रश्न गर्नुभयो ।

उद्यमशीलता विकास गर्न नसके पूर्वाधारले खर्च मात्र बढाउने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो बनिरहेका संरचनामा आम्दानी छैन भने खर्च गर्ने कसरी रु हामीले उद्यमशीलताको विकास गर्नैपर्छ, उत्पादन उत्पादकत्व बढाउनैपर्छ, त्यसका निम्ति प्रविधिको प्रयोग गर्नैपर्छ, नयाँ ढंगले सोच्नैपर्छ अगाडि बढ्नैपर्छ, त्यो बढ्ने बाटो भनेको बजेट हो, त्यसकारण १(२ जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति बेठिक रु छलफल गर्नुपर्छ, १(२ जनाको मुख हेरेर, गरिबीतिर गएपनि देश के भयो र हामी सरकारमा छौं भनेर हुन्छ रु हामी देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हामी सरकारमा गएको हो, अनि त्यही चिज हुँदैन भने हामी सन्तोष कसरी मान्ने रुु

बजेटमाथि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आलोचना गर्ने भन्दा पार्टीको बैठकमा छलफल गर्नु उचित हुने भन्दै उहाँले एमालेका मन्त्रीले चलाएको मन्त्रालयको विनियोजनबारे पनि खुलेर छलफल गर्न पार्टीका सांसद्हरुलाई आग्रह गर्नुभयो ।

आफू नेतृत्वको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २० दशमलव २६ प्रतिशत पुगेको अध्यक्ष ओलीले बताउनुभयो ।

बाहिर चल्ने हल्लाका पछाडि नलागी काममा ध्यान केन्द्रित गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभयो । प्रतिक्रियावादीहरुले जस्तो अलोकतान्त्रिक गतिविधि गर्ने, भ्रम फैलाउने, स्वार्थका थैला बोक्ने कुरामा आफूहरु कहिल्यैपनि नलाग्ने उहाँले प्रष्ट पार्नुभयो ।

एमाले विरुद्ध प्रतिक्रियावादीहरुको हमला अत्यन्त तीब्र रहेको भन्दै अध्यक्ष ओलीले नयाँ नयाँ कुरा, अकल्पनिय कुरा दिनैपिच्छे आविष्कार गरेर बजारमा फैलाउने गरेका बताउनुभयो । उनीहरुले नयाँ,नयाँ कुरा, अकल्पनिय कुरा दिनैपिच्छे आविष्कार गरेर उनीहरुले बजारमा फैलाउने गरेका बताउनुभयो । केपी ओलीले ५ अर्ब खायो भनेर भ्रम फैलाउने काम पनि उनीहरुले गरेका उहाँले बताउनुभयो ।