काठमाडौं-संवैधानिक परिषद्को बैठक आज बस्दै छ।
बैठक केहीबेरमा सिंहदरबारमा बस्न लागेको हो। बैठकबाट विभिन्न ५ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको तयारी छ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन्।
निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको तयारी परिषद सचिवालयले गरेको छ।
संवैधानिक परिषदको सिफारिस संसदीय अनुमोदन भएमा राष्ट्रपतिले संवैधानिक पदाधिकारी नियुक्त गर्ने प्रावधान छ।
प्रतिक्रिया