प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अढाई घण्टा भेटवार्ता भएको छ।
संवैधानिक परिषद् बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबार पुग्नुभएको हो।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच संवैधानिक परिषद्को बैठकको तयारीबारे छलफल भएको जनाएको छ।
‘प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली दिउँसो साढे १ बजे सिंहदरबार आउनुभएको थियो, तीनबजेसम्म भेट भयो,’ सचिवालयका एक सदस्यले भन्नुभयो, ‘संवैधानिक परिषद्को बैठकअघि उहाँहरु भेट्नुभएको हो।’
प्रतिक्रिया