काठमाडौँ-नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै खटपट नभएको बताउनु भएको छ।
महासचिव गुरुङले बजेटको विषयमा एमालेको असन्तुष्टिलाई लिएर कुनै समस्या नभएको बताउनु भएको हो।
महासचिव गुरुङले भन्नुभयो, ‘बजेटलाई लिएर एमालेको असन्तुष्टिले सरकार सञ्चालनमा खटपट आएको छैन। नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा एमालेसँग छलफल भइरहेको छ। जपाले मधेसमा मुख्यमन्त्री पाइसकेको छ। सङ्घ सरकारमा ल्याउने विषयमा पनि कुरा भइरहेको छ। अहिले नाउपा मात्र सरकारमा आउने भए एक सिट खाली गर्नुपर्छ। एमाले र माओवादीले मध्ये कसले खाली गर्ने विषय टुङ्गिएको छैन। दुवै पार्टी सरकारमा आउने भए दुई पार्टीले एक/एक सिट खाली गर्नुपर्छ।’




प्रतिक्रिया