काठमाडौं-नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटिको पूर्ण बैठक २०८१ असार ८ गते बिहान ८ बजे बस्ने भएको छ।
कोशी प्रदेश सम्पर्क कमिटिको सभाहलमा यही असार ८ गते शनिवार बिहान ८ बजे पूर्ण बैठक बस्ने कोशी प्रदेश सम्पर्क कमिटिको उपसचिव एवं प्रचार-प्रसार तथा प्रकाशन विभागका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो।
बैठकमा १) अघिल्लो कार्यक्रमको समीक्षा तथा रिपोर्टिङ, २) जिल्ला सम्पर्क मञ्चको तेश्रो बैठक पछिको कामहरु पार्टी सदस्यताहरुको नविकरण तथा विस्तारको अवस्था पालिका सम्पर्क मञ्चहरुको गठन एवं पुर्णगठन परिचालनको अवस्था, ३) विषयगत प्रशिक्षण, ४) आर्थिक रिपोर्टिङ, ५) आलोचना-आत्मालोचना र ६) विविध विषय उपरमाथि छलफल गरी निर्णय पारित गर्ने सम्पर्क कमिटिको उपसचिव गुरुङले बताउनु भयो।
एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्ष नवराज घिमिरे हुनुहुन्छ। यस्तै कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने हुनुहुन्छ।
कोशी प्रदेश सम्पर्क कमिटि अन्र्तगत १४ वटा जिल्ला सम्पर्क मञ्च रहेको छ।




प्रतिक्रिया