अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, सिफारिस होलान् त राजदूत ?

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, सिफारिस होलान् त राजदूत ?


काठमाडौं-मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो।

आजको बैठक नियमित होइन। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। तर, आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुन सक्ने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आजै मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्ने जनाएको थियो। ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो’, सचिवालयले जनाएको थियो। सो बैठकले राजदूत सिफारिस गर्ने निर्णय गर्छन् त ?

यसअघि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल भएको थियो। साे छलफलमा उहाँहरुबीच सत्तारुढ प्रमुख तीन दलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंगो लगाउनुभएको थियो। तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी गरेको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले जनाएको थिए। राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ।

रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरेको छ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो।