अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टीभित्र गुटबन्दी नगर्न एमाले अध्यक्ष ओलीको निर्देशन

पार्टीभित्र गुटबन्दी नगर्न एमाले अध्यक्ष ओलीको निर्देशन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेले समृद्धि नेपाल, सुखी पूरा गर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्न मिसन ०८४ अभियानमा क्रियाशील रहेको बताउनु भएको छ।

गोदावरी नगर कमिटीको नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बताउनु भएको हो।

अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्तालाई गुटबन्दी नगर्न निर्देशन दिनुभयो। उहाँले नेता-कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आग्रह गर्नुभयो। उहाँले नेता कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल हुनु पनि बताउनु भयो।

अध्यक्ष ओलीले चुनावको बेलामा पार्टीकै उम्मेदवार हराउन नेताहरू हिँडेको समेत बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाऔँ भनिरहेका हुन्छौँ। तर, भन्न अप्ठ्यारो लाग्ने कुरा छ हामी आफैँ चुनावका बेलामा भावनामा बग्छौँ, आफ्नै उम्मेदवारलाई हराउन लाग्छौँ। आफ्नै उम्मेदवारका विरुद्ध भित्रभित्र खुसखुस गरेर एउटा अभियान चलाउँछौँ। अब उप्रान्त त्यस्तो हुने छैन।’