अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जबजप्रति एमाले निष्ठा स्वार्थ परस्त होइन: अध्यक्ष ओली

जबजप्रति एमाले निष्ठा स्वार्थ परस्त होइन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बुहदलीय जनवाद (जबज) एमालेको निष्ठा स्वार्थ परस्त नभएको बताउनु भएको छ।

मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले यो देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गरेको बताउनुभयो।

उहाँ भन्नुभयो, ‘जबजप्रति आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन। मौका मिले जबज कार्यक्रम हो। नमिले होइन। अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए होइन। जबजप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन। मदन भण्डारीले अगुवाई गरेको जबज कसरी छाड्ने भन्ने होइन। यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गर्यो।’