अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन: अध्यक्ष ओली

ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन: अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने खोज्ने एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हो।उहाँले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिबीच प्रतिस्पर्धाको राजनीति चलिरहेको समेत बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यतिबेल हामी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउने अवस्थामा पुगेका छौँ। हामी शक्ति सन्तुलनको स्थितिमा सधैँ रहन सक्दैनौं। जबजले दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ। त्यसैले हामीले जबज भनेका हौं।’

अध्यक्ष ओलीले दुईतिर भिन्न-भिन्न राजनीतिक, आर्थिक सामाजिक सांस्कृतिक फरक प्रणालीका बलिया देश रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘ठूला र बलिया देशका प्रतिस्पर्धाका बीचमा हामी पस्नै हुँदैन। बलियाले प्रतिस्पर्धा गर्छन्। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलप्मेन्टको म्याराथनमा पनि छैनौँ। तर हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनु भएन। अरूको टकराबको झिल्काले हाम्रो घर डढ्नु भएन नि। हाम्रो छानामा ती झिल्का आउनु भएन। यहाँनेर हामी भूराजनीतिलाई हेर्छौ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ।’